मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुनचाँदीमा गिरावट: तोलामा सयौँ रुपैयाँ घट्दा बजारमा नयाँ संकेत

स
समाचार कक्ष
२०२६ अप्रिल २२
7
0
सुनचाँदीमा गिरावट: तोलामा सयौँ रुपैयाँ घट्दा बजारमा नयाँ संकेत
सारांश
९ वैशाख, काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी मह...

९ वैशाख, काठमाडौं । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा झरेको छ। गत साताको तुलनामा पनि सुनको मूल्य केही कम देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गत बुधबार चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ रहेको थियो। पछिल्ला दिनहरूमा सुनचाँदीको भाउमा आएको उतारचढावले बजारमा चासो बढाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार