मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनचाँदीमा फेरि उकालो : तोलामा ६ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २६
7
0
सुनचाँदीमा फेरि उकालो : तोलामा ६ सयले बढ्यो सुन, चाँदी पनि महँगियो
सारांश
काठमाडौं, १४ फागुन । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिन सुनको भाउ प्रतितोला ६ सय रु...

काठमाडौं, १४ फागुन । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो दिन भने सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार