मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुनचाँदीको मूल्य नयाँ कीर्तिमानी उच्चतामा, आज पुनः वृद्धि

स
समाचार कक्ष
२०२५ अगस्ट ८
3
0
सुनचाँदीको मूल्य नयाँ कीर्तिमानी उच्चतामा, आज पुनः वृद्धि
सारांश
काठमाडौं, साउन २३ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रत...

काठमाडौं, साउन २३ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्दै ऐतिहासिक रुपमा एक लाख ९९ हजार चार सय रुपैयाँमा पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च दर हो।

यसअघि, मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा पुगेको थियो भने बुधबार सो मूल्य घटेर एक लाख ९८ हजार चार सय रुपैयाँमा झरेको थियो। बिहीबार भने सुनको मूल्यमा कुनै परिवर्तन देखिएन।

सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढ्दै दुई हजार तीन सय २५ रुपैयाँमा कायम भएको छ।

विगत केही सातादेखि अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्ति सन्तुलनका कारण सुनचाँदीको मूल्यमा निरन्तर उतार–चढाव देखिँदै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार