मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

admin
admin
4 दिन अगाडि
12
0
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी
सारांश

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभ...

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।

महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

साझा गर्नुहोस्: