मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे मौन नबस्नुस्’ : रास्वपालाई राप्रपाकी खुस्बु ओलीको चुनौती

स
समाचार कक्ष
२०२६ जुलाई ९
7
0
‘सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे मौन नबस्नुस्’ : रास्वपालाई राप्रपाकी खुस्बु ओलीको चुनौती
सारांश
काठमाडौं, २५ असार — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओली ओली ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रत...

काठमाडौं, २५ असार — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू मौन बसेको भन्दै स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितअनुकूल हो वा होइन भन्ने विषयमा सत्तारूढ दलका सांसदहरूले संसद्मै आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताइन्।

उनले प्रधानमन्त्रीको भनाइसँग सहमत भए त्यसको पक्षमा खुलेर बोल्न र असहमत भए प्रधानमन्त्रीलाई अभिव्यक्ति सच्याउन आग्रह गर्न रास्वपाका सांसदहरूलाई चुनौती दिइन्।

प्रधानमन्त्री बालेन्द्र शाहले गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको तथ्य सार्वजनिक गर्न वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्।

यस विषयमा प्रधानमन्त्रीले हालसम्म थप स्पष्टीकरण नदिएको उल्लेख गर्दै ओलीले रास्वपाका सांसदहरूको मौनताप्रति पनि प्रश्न उठाइन्। सभामुखको सम्मानको विषयमा तत्काल प्रतिक्रिया जनाउने सत्तापक्षले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा भने किन मौन बसेको भन्ने उनको जिज्ञासा थियो।

ओलीले राष्ट्रहितभन्दा कुनै पनि नेता वा राजनीतिक निष्ठा माथि हुन नसक्ने बताउँदै सीमा र सार्वभौमिकतासँग सम्बन्धित विषयमा संसद्को मौनता पनि इतिहासमा अभिलेख हुने टिप्पणी गरिन्।

उनले इतिहासले प्रतिपक्षको भूमिकामात्र नभई सत्तापक्षले राष्ट्रिय मुद्दामा कहिले बोलेको र कहिले मौन बसेको भन्ने विषय पनि मूल्यांकन गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा रास्वपाको मौनतालाई भविष्यमा इतिहासले प्रश्न गर्ने दाबी गरिन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार