मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रवि लामिछानेको दोहोरो राहदानी मुद्दा सर्वोच्चमा पेशीमा, आज सुनुवाइ हुने सम्भावना न्यून

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २
6
0
रवि लामिछानेको दोहोरो राहदानी मुद्दा सर्वोच्चमा पेशीमा, आज सुनुवाइ हुने सम्भावना न्यून
सारांश
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाध...

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालतमा पेशीमा चढेको छ। तर मुद्दा प्राथमिकतामा नपरेकाले आजै सुनुवाइ हुने सम्भावना कम देखिएको छ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा दायर हुनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिटमा आज पेशी तोकिएको हो। तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने गरेको निर्णय कानूनविपरीत भएको दाबी गर्दै उक्त रिट दायर गरिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा १२औँ नम्बरमा परेकाले आज सुनुवाइ हुन नसक्ने सम्भावना रहेको छ। यसअघि सर्वोच्च अदालतले यस विषयमा तीन पटक फाइल मगाउने आदेश दिइसकेको छ।

अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको आधार र कारण स्पष्ट पार्न माग गरेको थियो। सो निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइका लागि मुद्दा पुनः पेशीमा चढेको हो।

उल्लेखनीय छ, लामिछानेले अदालतको फैसलापछि नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन्। तर दोहोरो राहदानी बोकेको विषयमा मुद्दा नचलाउने निर्णय भएपछि त्यसविरुद्ध रिट दायर भई कानुनी प्रक्रिया अझै जारी रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार