मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रवि लामिछानेको रिटमा उच्च अदालतमा सुनुवाइको मिति तय

स
समाचार कक्ष
२०२५ अगस्ट २७
5
0
रवि लामिछानेको रिटमा उच्च अदालतमा सुनुवाइको मिति तय
सारांश
११ भदौ, काठमाडौं — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लाम...

११ भदौ, काठमाडौं — सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रिटमा सुनुवाइको मिति तय गरिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश सागर बिष्टको एकल इजलासमा लामिछानेको पक्षमा दायर गरिएको रिटको पेसी तोकिएको हो।

रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले बिगो बराबरको बैंक जमानतमा रिहा गर्न माग गर्दै रिट दायर गरेकी थिइन्। यसअघि रुपन्देही जिल्ला अदालतमा दायर उक्त रिट खारेज भएपछि उनले उच्च अदालतमा पुनः रिट दायर गरेकी हुन्।

जिल्ला अदालतले लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। त्यस निर्णयविरुद्ध पुनरावलोकनको लागि पौडेलले उच्च अदालतमा पुनरावेदन गरेकी हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार