मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रवि लामिछानेको मुद्दा: सर्वोच्च अदालतमा सुनुवाइ फेरि जारी

स
समाचार कक्ष
२०२६ मार्च २९
6
0
रवि लामिछानेको मुद्दा: सर्वोच्च अदालतमा सुनुवाइ फेरि जारी
सारांश
काठमाडौं, १५ चैत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने को मुद्दा संशोधन प्रकरण आज पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।...

काठमाडौं, १५ चैत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरण आज पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ।

अहिले लामिछानेको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ बहस गरिरहेका छन्। उनको बहस पछि निवेदक पक्षले जवाफ बहस सुरु गर्नेछ।

गतमा, तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुन विद्यार्थी आयुष बडाल, र सिन्धुलीका **युवराज पौडेल ‘सफल’**ले रिट दायर गरेका थिए।

गत पुस ३० गते, भण्डारीले लामिछानेमाथि केवल सहकारी ठगीसम्बन्धी मुद्दा मात्र चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार