मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १८
5
0
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या
सारांश
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ...


राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा चिनियाँ यात्री तथा भिक्षु ह्वेन साङद्वारा लिखित ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तकको नेपाली संस्करण लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पुरानो रहेको बताएका हुन्।

उनका अनुसार दुई देशबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा व्यापारिक सम्पर्कमा आधारित रहँदै आएको छ। सन् १९४९ मा चीनमा जनवादी क्रान्तिपछि सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको उनले उल्लेख गरे।

अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाले ग्लोबल साउथलाई जोड्ने प्रयास गरेको पनि उनले बताए।

‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणले नेपाली पाठक तथा युवा पुस्तालाई नेपाल–चीन सम्बन्ध, ताङ वंशको इतिहास र बौद्ध धर्मबारे बुझ्न सहयोग पुग्ने दाहालको भनाइ थियो।

उनले पुस्तकको अध्ययनले दुई देशबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप बुझ्न र प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार