मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राष्ट्रिय मानव अधिकार आयोगको आग्रह: फागुन २१ को निर्वाचन मानव अधिकारमैत्री बनोस्

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ५
8
0
राष्ट्रिय मानव अधिकार आयोगको आग्रह: फागुन २१ को निर्वाचन मानव अधिकारमैत्री बनोस्
सारांश
काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको छ। आयोगका प्रवक्ता डा. टीक...

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी प्रेस विज्ञप्तिमा निर्वाचनको क्रममा घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मतदाताको गोपनीयता सुनिश्चित गर्न, भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न र हिंसात्मक गतिविधि बन्द गर्न सबै पक्षलाई आग्रह गरेका छन्। साथै, मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आयोगले जोड दिएको छ।

उनले आयोगले प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकारको स्थिति अनुगमन गरिरहेको बताए। आयोगले यसै उद्देश्यका लागि निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन र पर्यवेक्षणको प्रभावकारिताबारे छलफल पनि गरेको छ। छलफलमा सहभागीहरूले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनु अनिवार्य रहेकोमा सहमति जनाएका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार