मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रास्वपाको जित जनताको रोजाइ: बास्कोटाको सन्देश-‘तीन महिना काम गर्न देऊ, आलोचना पछि गरौँ’

स
समाचार कक्ष
२०२६ मार्च १९
6
0
रास्वपाको जित जनताको रोजाइ: बास्कोटाको सन्देश-‘तीन महिना काम गर्न देऊ, आलोचना पछि गरौँ’
सारांश
काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको सफलतालाई जनताको स्पष्ट निर्...

काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको सफलतालाई जनताको स्पष्ट निर्णयका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकारको कार्यशैली कस्तो रहने भन्ने कुरा उनीहरूकै जिम्मेवारी भएको उल्लेख गरे। साथै, सरकार गठन भएको कम्तीमा तीन महिनासम्म बाह्य टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ।

बास्कोटाले जनता सधैं साझा शक्ति रहने उल्लेख गर्दै यसपटक मतदाताले रास्वपाको एजेन्डा र प्रतिबद्धतामाथि विश्वास व्यक्त गरेको स्वीकार गरे।

चुनावी परिणामपछि उठिरहेका आलोचना र असन्तुष्टिप्रति संकेत गर्दै उनले अनावश्यक आलोचना नगर्न आग्रह गरेका छन्। “रास्वपाले चुनाव जितिसकेको छ, अब उनीहरूले कसरी शासन गर्छन् भन्ने उनीहरूकै विषय हो,” उनले भनेका छन्। साथै, उनले सुरुवाती अवधिमा आलोचना नगरी सरकारलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राख्दै “खाँबो चिथोर्न बन्द गरे राम्रो हुने” टिप्पणी गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार