मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रसुवा बाढीको क्षति यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ९
5
0
रसुवा बाढीको क्षति यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
सारांश
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यकताको यथार्थ मूल्यांकन गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यकताको यथार्थ मूल्यांकन गर्न निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगको प्रारम्भिक आरडीएनए तथा विश्व बैंकको ‘ग्रेड’ मूल्यांकनबारे छलफल गर्दै मन्त्री वाग्लेले क्षतिको तथ्यांक तथ्यमा आधारित र यथार्थपरक बनाउन जोड दिएका हुन्।

उनले आरडीएनए र ग्रेडलाई सरकारको निर्णय, पुनर्निर्माण तथा लगानी परिचालनका लागि आधार बन्ने राष्ट्रिय दस्तावेजका रूपमा विकास गर्नुपर्ने बताए।

राष्ट्रिय योजना आयोगले क्षतिको मूल्यांकन सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्तरक्षेत्रीय गरी चार क्षेत्रमा गरिरहेको छ। यसमा घर, विद्यालय, स्वास्थ्य संस्था, कृषि, जलविद्युत्, सडक, पुल, प्रसारण लाइन, सिँचाइ, दूरसञ्चार तथा वातावरणीय क्षतिलाई समेटिएको छ।

विश्व बैंक र राष्ट्रिय योजना आयोगका प्रारम्भिक विवरणलाई थप यकिन गरी साझा आरडीएनए प्रतिवेदन तयार गर्ने तयारी भइरहेको छ।

मन्त्री वाग्लेले वास्तविक क्षतिको स्पष्ट तथ्यांकका आधारमा पुनर्निर्माणको प्राथमिकता निर्धारण, बजेट व्यवस्थापन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार