मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राजनीतिक नियुक्ति खारेजीपछि आयल निगमका कार्यकारी निर्देशक भट्टको राजीनामा

स
समाचार कक्ष
२०२६ मे १३
6
0
राजनीतिक नियुक्ति खारेजीपछि आयल निगमका कार्यकारी निर्देशक भट्टको राजीनामा
सारांश
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो रा...

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।

सरकारले यसअघि विभिन्न निकायमा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेपछि भट्टको राजीनामालाई त्यसैसँग जोडेर हेरिएको छ ।

डा. भट्टको राजीनामापछि नेपाल आयल निगमको नेतृत्व परिवर्तनको विषय पनि चर्चामा आएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार