मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पश्चिम तराईमा बालेन शाहको सक्रियता: बर्दियामा मन्दिर दर्शन र रास्वपा कार्यालय उद्घाटन

स
समाचार कक्ष
२०२६ जनवरी २७
6
0
पश्चिम तराईमा बालेन शाहको सक्रियता: बर्दियामा मन्दिर दर्शन र रास्वपा कार्यालय उद्घाटन
सारांश
१३ माघ, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पश्चिम तराई केन्द्रित भ्रमणमा रहेका छन्। सोमबारदेखि सो क्षेत्रमा रहेक...

१३ माघ, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पश्चिम तराई केन्द्रित भ्रमणमा रहेका छन्। सोमबारदेखि सो क्षेत्रमा रहेका उनले विभिन्न जिल्लामा राजनीतिक तथा जनसम्पर्क गतिविधि तीव्र बनाएका छन्।

झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडी जिल्लाको भ्रमण सम्पन्न गरेर फर्किएका शाह सोमबार काठमाडौंबाट सुदूरपश्चिमतर्फ प्रस्थान गरेका थिए। तय कार्यक्रमअनुसार उनी मंगलबार दिउँसो सुदूरपश्चिम पुग्ने छन्।

सुदूरपश्चिम पुग्नुअघि शाहले बाँके र बर्दियामा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै पार्टी समर्थक र स्थानीय नागरिकसँग भेटघाट गरिरहेका छन्। यही क्रममा मंगलबार बिहान उनले बर्दिया निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राजापुरमा स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

यसै क्रममा शाहले बर्दियाको धार्मिक एवं ऐतिहासिक महत्व बोकेको ठाकुरबाबा मन्दिरको दर्शनसमेत गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार