मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको पेसमेकर फेरियो-स्वास्थ्य अवस्था स्थिर

स
समाचार कक्ष
२०२६ अप्रिल २
6
0
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, मुटुको पेसमेकर फेरियो-स्वास्थ्य अवस्था स्थिर
सारांश
काठमाडौं, १९ चैत । पूर्वयुवराज पारस शाहलाई मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। चिकित्स...

काठमाडौं, १९ चैत । पूर्वयुवराज पारस शाहलाई मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।

चिकित्सकका अनुसार बिहीबार बिहान उनको मुटुमा राखिएको पेसमेकर परिवर्तन गरिएको हो। यसअघि बैंककमा जडान गरिएको उक्त पेसमेकरको ब्याट्री सकिएपछि नयाँ उपकरण प्रतिस्थापन गरिएको बताइएको छ।

मुटुको चाल कमजोर भएपछि शरीरमा पेसमेकर राख्ने गरिन्छ। आवश्यक गतिमा मुटुले धड्कन उत्पन्न गर्न नसक्दा बिरामीलाई रिंगटा लाग्नेदेखि बेहोस हुनेसम्मका समस्या देखिन सक्छन्, जसलाई नियन्त्रण गर्न पेसमेकर उपयोगी हुन्छ।

उपचारमा संलग्न चिकित्सकहरूले शाहको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जनाएका छन्। अवस्था सामान्य रहेमा उनलाई दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने तयारी रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार