मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पूर्व प्रधानमन्त्री माधव नेपाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना

स
समाचार कक्ष
२०२६ जनवरी २९
6
0
पूर्व प्रधानमन्त्री माधव नेपाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना
सारांश
काठमाडौं, माघ १५ - नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। रुघ...

काठमाडौं, माघ १५ - नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका अनुसार नेपाललाई रुघा–खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या पनि देखिएको छ। यद्यपि उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विभागका विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको छ।

बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक नेताहरू अस्पताल पुगेका थिए।

यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उपचाररत रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार