मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानन्यायाधीश सिफारिसमा विवाद : मनोज शर्मा विरुद्ध तीन उजुरी दर्ता

स
समाचार कक्ष
२०२६ मे १३
7
0
प्रधानन्यायाधीश सिफारिसमा विवाद : मनोज शर्मा विरुद्ध तीन उजुरी दर्ता
सारांश
प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ समितिले शर्माविरु...

प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन् ।

संसदीय सुनुवाइ समितिले शर्माविरुद्ध उजुरी दिन १० दिनको समय उपलब्ध गराउने निर्णय गरेपछि मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ ।

समितिका अनुसार उजुरी दर्ता गर्ने अन्तिम म्याद आगामी जेठ ४ गतेसम्म तोकिएको छ । उजुरी हुलाक, इमेल, सचिवालयमा प्रत्यक्ष पत्र बुझाएर वा सुनुवाइ समितिका सदस्यलाई खामबन्दी रूपमा उपलब्ध गराएर दिन सकिने व्यवस्था गरिएको छ । साथै, ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने बताइएको छ ।

उजुरी पेश गर्दा त्यसको आधार, कारण र विषयवस्तु स्पष्ट रूपमा खुलाउन समितिले आग्रह गरेको छ । प्राप्त सबै उजुरी आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकमा सदस्यहरूको उपस्थितिमा खोलिने जनाइएको छ । त्यसपछि अध्ययनका लागि ती उजुरी सबै सदस्यहरूलाई वितरण गरिनेछ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले औपचारिक रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार