मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री शाहले सांसदहरूसँग छलफल: ‘तत्कालका समस्याहरू के छन्?’

स
समाचार कक्ष
२०२६ मार्च ३०
6
0
प्रधानमन्त्री शाहले सांसदहरूसँग छलफल: ‘तत्कालका समस्याहरू के छन्?’
सारांश
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले सोमबार सांसदहरूसँग आ-आफ्ना निर्वाचन क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गर...

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सांसदहरूसँग आ-आफ्ना निर्वाचन क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा आयोजित यस बैठकमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या र प्रदेशगत चुनौतीहरू प्रस्तुत गरेका थिए। कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आफ्ना क्षेत्रका प्रमुख चुनौतीहरू जानकारी गराए।

छलफलको क्रममा प्रधानमन्त्री शाहले “यी समस्याको समाधानको बाटो के हो?” भनी जिज्ञासा राखेका थिए। न्यौपानेका अनुसार प्रधानमन्त्रीले बजेट र प्राथमिकता निर्धारणमार्फत समस्याको समाधान गर्न सकिने सुझाव दिएका छन्।

प्रधानमन्त्रीले केही समस्या तत्काल समाधान गर्न सम्भव नभए पनि, बजेट अभावका कारण केही समय लाग्ने समस्या छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार