मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
6
0
प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
सारांश
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई दिएका हुन्।

भेटमा प्रधानमन्त्री शाहले हालैको भोटेकोशी बाढीलगायत विपद्का क्रममा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन श्रीवास्तवले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्।

श्रीवास्तवले सन् २०२२ देखि नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यरत थिए र उनको कार्यकाल पूरा भएको छ। उनी केही दिनमा नेपालबाट फर्कने तयारीमा छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार