मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रत्यक्ष उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: फागुन ३ भित्र घोषणापत्र बुझाउन अनिवार्य

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १२
6
0
प्रत्यक्ष उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: फागुन ३ भित्र घोषणापत्र बुझाउन अनिवार्य
सारांश
काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्व...

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार आयोगले माघ २७ गते गरेको निर्णयका आधारमा उक्त निर्देशन जारी गरिएको हो। आयोगका शाखा अधिकृत (कानुन) अरुण अधिकारीद्वारा जारी पत्रमार्फत प्रत्यक्षतर्फका उम्मेदवारलाई समयसीमा भित्र घोषणापत्र सार्वजनिक गरी एक प्रति सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरिएको छ।

आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको व्यवस्थित अभिलेख राख्न र सोको विवरण आयोगमा पठाउन समेत निर्देशन दिएको छ। साथै, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक जानकारी गराउन पनि आग्रह गरिएको पत्रमा उल्लेख छ।

यसअघि आयोगले सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र आफ्नो दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरिसकेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार