मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
5
0
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
सारांश
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरपछि बस्दैछ। बैठकमा प्रतिनिधिसभाको विद्यमान कार्यभार तथा संसदीय कार्यतालिकाका विषयम...

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरपछि बस्दैछ। बैठकमा प्रतिनिधिसभाको विद्यमान कार्यभार तथा संसदीय कार्यतालिकाका विषयमा छलफल हुने भएको छ।

प्रतिनिधिसभाले यसअघि बनाएको संसदीय क्यालेन्डरमा आवश्यक हेरफेर गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ।

यसैगरी, विभिन्न विधेयकहरू संसद्मा प्रस्तुत तथा छलफलका लागि अघि बढाइने कार्यसूची रहेको छ। फोहोरमैला व्यवस्थापन विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३, भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३ तथा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लगायतका विषय कार्यसूचीमा छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार