मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रतिनिधिसभाको आजको कार्यसूची हेरफेर, नागरिक लगानी कोष विधेयक हटाइयो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
4
0
प्रतिनिधिसभाको आजको कार्यसूची हेरफेर, नागरिक लगानी कोष विधेयक हटाइयो
सारांश
प्रतिनिधिसभाको आजका लागि तय गरिएको सम्भावित कार्यसूचीमा हेरफेर हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार...


प्रतिनिधिसभाको आजका लागि तय गरिएको सम्भावित कार्यसूचीमा हेरफेर हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले निर्धारित कार्यसूची हटाउन लागिएको हो।

यसअघि आजको कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो।

अब उक्त विषय हटाएर संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको सम्झौता अनुमोदन गर्ने कार्यसूची राखिँदैछ।

संसद् सचिवालयका अनुसार ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता’माथि छलफल तथा अनुमोदन गरिनेछ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार