मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रचण्डद्वारा संसदमा सरकारको हतियार खरिद प्रक्रियामाथि प्रश्न उठाइयो

स
समाचार कक्ष
२०२५ जुलाई १४
3
0
प्रचण्डद्वारा संसदमा सरकारको हतियार खरिद प्रक्रियामाथि प्रश्न उठाइयो
सारांश
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षासम्बन्धी हतियार खरिद प्रक्रियामाथि सं...

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षासम्बन्धी हतियार खरिद प्रक्रियामाथि संसदमा गम्भीर प्रश्न उठाएका छन्।

सत्तारूढ नेकपा एमालेकै नेतृत्वमा रहेको सरकारले अघिल्लो कार्यकालमा आफैंले विरोध गरेकाे योजना फेरि अघि बढाएको भन्दै उनले प्रधानमन्त्रीसँग स्पष्टीकरण माग गरेका छन्। संसदमा बोल्दै प्रचण्डले भने, “विगतमा प्रधानमन्त्रीकै पार्टीले सडकमा उत्रिएर रोकेको प्रक्रिया अहिले कसको दबावमा, कसको हितमा अघि बढाइएको हो? म यसको स्पष्ट जवाफ प्रधानमन्त्रीबाट चाहन्छु।”

उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा पारदर्शिता र जवाफदेहिताको खाँचो औंल्याउँदै, यस्तो संवेदनशील मामिलामा मौन बस्न नहुने बताए।

सुरक्षा निकायका लागि प्रस्तावित हतियार खरिद प्रक्रिया व्यक्तिगत स्वार्थ र भ्रष्टाचारसँग जोडिएको आशंकामा विवादमा तानिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार