मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रचण्डको दाबी– ‘सुगौली सन्धिपछि अहिलेजस्तो भयानक संकट देखिएको थिएन’

स
समाचार कक्ष
२०२६ अगस्ट २३
3
0
प्रचण्डको दाबी– ‘सुगौली सन्धिपछि अहिलेजस्तो भयानक संकट देखिएको थिएन’
सारांश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धियताकै गम्भीर संकटमा रहेको दाबी गरेका छन् । आइतबार ‘क...


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धियताकै गम्भीर संकटमा रहेको दाबी गरेका छन् ।

आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको सवालमा अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको बताएका हुन् ।

उनले मुलुकलाई संकटबाट बाहिर निकाल्न कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए । जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न पनि कम्युनिस्ट आन्दोलनको एकता महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रचण्डले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा वर्तमान संकट उत्पन्न भएको बताए ।

विगतका कमजोरीका लागि एक–अर्कालाई दोषारोपण गर्नुभन्दा सबै राजनीतिक शक्तिले सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन कम्युनिस्ट आन्दोलनसँग नङ र मासुको सम्बन्धजस्तै रहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणका लागि कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार