मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रचण्डको स्पष्ट सन्देश : यसपटक नेकपा आफ्नो बलमा मात्रै चुनाव लड्ने

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २६
5
0
प्रचण्डको स्पष्ट सन्देश : यसपटक नेकपा आफ्नो बलमा मात्रै चुनाव लड्ने
सारांश
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी चुनावमा कुनै दलसँग तालमेल नगर्ने स्पष्ट बताएका छन्। पार्टी कार...

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी चुनावमा कुनै दलसँग तालमेल नगर्ने स्पष्ट बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यसपटक आफ्नो पार्टीको एजेन्डा र जनताको विश्वासमा निर्भर गर्दै चुनावमा जाने बताए।

उनले भने, “हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जाने तयारीमा छौँ। यो कुरा पहिलो दिनदेखि नै स्पष्ट गर्दै आएका छौँ। मिडियामा समीकरण बन्ने विषयमा चर्चा भइरहे पनि हामीले निरन्तर खण्डन गर्दै आएका छौँ।”

प्रचण्डले भदौ २३ को जिम्मेवार दल र भदौ २४ को विध्वंस मच्चाउने दलसँग कुनै तालमेल नहुने बताए। केही स्थानमा पार्टीले उम्मेदवार नछोड्ने भन्ने चर्चाबारे उनले सत्यता नभएको पनि स्पष्ट पारे।

नेकपाले आफ्नै शक्ति र एकतालाई प्राथमिकता दिँदै कांग्रेस र एमालेसँग मिलेर महागठबन्धन गर्ने कुनै योजना नरहेको उनले दोहोर्याए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार