मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रचण्डको प्रश्न– ‘प्रधानमन्त्री आएर कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २
6
0
प्रचण्डको प्रश्न– ‘प्रधानमन्त्री आएर कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’
सारांश
प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनि...

प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका हुन्।

प्रचण्डले प्रधानमन्त्रीले संसद्लाई विश्वासमा लिनुपर्ने भए पनि आफ्नो कार्यशैलीबाट आफ्नै सांसदलाई समेत पर्याप्त रूपमा विश्वासमा लिने प्रयास नदेखिएको टिप्पणी गरे।

‘प्रधानमन्त्री त हामी सबैको हो,’ भन्दै उनले प्रधानमन्त्री संसद्मा आएर कसैको अनुहार नहेरी फर्किने शैली उचित नभएको बताए। संकटको समयमा सबै पक्षसँग समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

प्रचण्डले प्रधानमन्त्री शाहलाई अहिले ठूलो अवसर प्राप्त भएको भन्दै त्यसलाई गुम्न दिन नहुने बताए। देशले लामो भाषणभन्दा प्रभावकारी नेतृत्व खोजिरहेको र जनताले सामाजिक सञ्जालका पोस्टभन्दा सरकारको वास्तविक उपस्थितिको अपेक्षा गरेको उनले उल्लेख गरे।

उनले संकट र विपत्तिको समयमा राज्यको उपस्थिति देखिनुपर्ने तथा राष्ट्र एकजुट हुनुपर्ने बताए। यस्तो एकता कायम गर्ने प्रमुख जिम्मेवारी प्रधानमन्त्रीकै भएको प्रचण्डको भनाइ छ।

प्रचण्डले प्रधानमन्त्रीले गम्भीरतापूर्वक सबैको विश्वास जित्न नसके समयले नपर्खिन सक्ने चेतावनीसमेत दिएका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार