मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
3
0
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
सारांश
पाल्पा — लगातारको वर्षापछि आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी उनीहरूको मृ...

पाल्पा — लगातारको वर्षापछि आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

माथागढी–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो।

दुवै जनाको शव निकालिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।

यस्तै, माथागढी–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। घर्तीमगरका परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता छन्।

उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार