मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल जापानबाट स्वदेश फिर्ता

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ४
8
0
औपचारिक भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल जापानबाट स्वदेश फिर्ता
सारांश
२१ माघ, टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार टोकियोस्थित नारिता अन्तर्राष्ट्र...

२१ माघ, टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी नेपाल प्रस्थान गरेका हुन्।

जापान सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए। उनको टोली सोमबार जापान पुगेको थियो।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान आएका थिए। भ्रमणका क्रममा टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहलाई उनले सम्बोधन गरेका थिए।

त्यसैगरी, राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए। भ्रमण अवधिमा जापानका प्रधानमन्त्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए।

राष्ट्रपति पौडेलले जापानी व्यवसायी समुदाय तथा जापानमा बसोबास गरिरहेका नेपालीहरूसँग आयोजित कार्यक्रममा पनि सम्बोधन गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्ना दूतावास स्थापना गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार