मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ओलीले प्रदेशगत नेता–कार्यकर्तासँग आज भर्चुअल छलफल गर्दै

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
3
0
ओलीले प्रदेशगत नेता–कार्यकर्तासँग आज भर्चुअल छलफल गर्दै
सारांश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी क्षेत्रका नेता–कार्यकर्तासँग भर्चुअल माध्यमबाट छलफल गर्दैछन्। एमाले प्रचार विभा...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी क्षेत्रका नेता–कार्यकर्तासँग भर्चुअल माध्यमबाट छलफल गर्दैछन्। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार छलफल दिउँसो १ बजे हुनेछ।

आचार्यका अनुसार ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक असोज ८ गते सम्पन्न भएको थियो। बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।

बैठकमा निर्वाचन समीक्षा, पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशासहितका विषयमा छलफल भएको थियो। एमालेले बैठकपछि पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणसम्बन्धी काम अघि बढाउने निर्णय सार्वजनिक गरेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार