मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिए

स
समाचार कक्ष
२०२५ जुलाई १८
4
0
न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिए
सारांश
विराटनगर । उच्च अदालत विराटनगरको अस्थायी इजलासमा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पु...

विराटनगर । उच्च अदालत विराटनगरको अस्थायी इजलासमा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले राजीनामाको खबर सार्वजनिक गरेका छन्।

न्यायाधीश लम्साल एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने तयारीमा थिए। तर स्वास्थ्य अवस्थालाई कारण देखाउँदै उनले समयअघि नै राजीनामा दिने निर्णय गरेका हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार