मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचनअघि आयल निगमको ग्यास आपूर्ति सुदृढ, एकैदिन १३८ बुलेट भित्रियो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २५
7
0
निर्वाचनअघि आयल निगमको ग्यास आपूर्ति सुदृढ, एकैदिन १३८ बुलेट भित्रियो
सारांश
काठमाडौँ – आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगम ले देशभर एलपी ग्यासको आपूर्ति प्रणाली थप सुदृढ बनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्...

काठमाडौँ – आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले देशभर एलपी ग्यासको आपूर्ति प्रणाली थप सुदृढ बनाएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार, निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न ग्यास आयातमा उल्लेख्य वृद्धि गरिएको छ। यसै क्रममा, भारतीय आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा ठूलो लोड नेपालतर्फ प्रस्थान गरेको छ।

हिजो मंगलबार मात्रै विभिन्न डिपोहरूबाट कुल १३८ बुलेट ग्यास भित्रिएको निगमले जनाएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हुन्छ। डिपो अनुसार, बरौनीबाट ३६, मथुरा ३६, पारादीप ४०, दुर्गापुर २४ र हल्दिया २ बुलेट पठाइएको हो।

कार्यकारी निर्देशक भट्टले भने, “निर्वाचन अवधिमा ग्यास अभाव नहोस् भनेर हामी उच्च परिमाणमा आयात गर्दैछौं। उपभोक्ताले सहज रूपमा ग्यास पाउनेछन्, आपूर्तिमा ढुक्क रहन अनुरोध छ।”

निगमको यो कदमले निर्वाचनको समयमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार