मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन खर्च करिब ३१ अर्ब पुग्ने अनुमान, चुनाव नसरिने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ति

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ४
5
0
निर्वाचन खर्च करिब ३१ अर्ब पुग्ने अनुमान, चुनाव नसरिने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ति
सारांश
२१ फागुन, नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिएकी छन्। राष्ट्...

२१ फागुन, नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिएकी छन्। राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा उक्त तथ्य सार्वजनिक गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गराउन सरकार सक्रिय रहेको बताउँदै चुनाव सर्ने हल्लालाई अस्वीकार गरिन्। निर्वाचन खर्चबारे स्पष्ट पार्दै उनले भौतिक पूर्वाधार, आवश्यक सामग्रीको व्यवस्थापन र विभिन्न पक्षका अभाव पूर्ति गर्न ठूलो रकम खर्च भइरहेको उल्लेख गरिन्। साथै, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग पनि यही उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ थियो।

उनले निर्वाचन कुनै हालतमा सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भइसकेपछि लोकतान्त्रिक प्रक्रियाअनुसार सत्ता हस्तान्तरण गरिने स्पष्ट पारिन्। यदि कुनै स्थानमा विशेष कारणवश निर्वाचन रोकिएमा दोस्रो चरणमार्फत भए पनि प्रक्रिया पूरा गरिने प्रधानमन्त्रीको भनाइ थियो।

हिमाली जिल्लाहरूमा चिसो मौसमका कारण देखिन सक्ने कठिनाइलाई ध्यानमा राख्दै आवश्यक परे सवारी साधन प्रयोग गरेर मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पुर्‍याइने व्यवस्था गरिने उनले बताइन्।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार