मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन आयोगको स्पष्ट संदेश: “निर्वाचन शान्तिपूर्ण, कसैले बिथोल्न सक्दैन”

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ६
6
0
निर्वाचन आयोगको स्पष्ट संदेश: “निर्वाचन शान्तिपूर्ण, कसैले बिथोल्न सक्दैन”
सारांश
काठमाडौं, २३ माघ | कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने स्पष्ट पारेका छन्। प्रारम्भमा...

काठमाडौं, २३ माघ | कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने स्पष्ट पारेका छन्। प्रारम्भमा सुरक्षा सम्बन्धी चिन्ता देखिए पनि अब मतदाताका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलिसकेको भण्डारीले बताए।

भण्डारीका अनुसार, भदौ २३–२४ मा भएको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमका कारण सुरक्षाको विषय प्रारम्भमा संवेदनशील थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, त्यसपछिको अन्तरिम सरकारको गठन, र राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभा विघटनपछि फागुन २१ गते निर्वाचन मिति घोषणा गरिएको थियो।

“विद्रोहपछिको सरकार हो, पुरानो र नयाँ शक्तिहरूबीच सन्तुलित वातावरण नबन्यो भने शान्तिपूर्ण निर्वाचन असम्भव हुने थियो,” भण्डारीले भने। निर्वाचन आयोगले सुरक्षाका चुनौतीहरू पहिचान गर्दै सरकार र सुरक्षा निकायसँग पटक–पटक छलफल गरेको छ।

उनले मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय सक्षम रहेको पनि बताए। भण्डारीले स्पष्ट पारे, “अब शान्ति सुरक्षाका बारेमा धेरै चिन्ता गर्ने आवश्यकता छैन। निर्वाचन ढुक्कसँग हुनेछ, कसैले बिथोल्न सक्दैन। बिथोल्ने प्रयास गर्ने तत्त्व सुरुमै परास्त भइसकेका छन्।”

साझा गर्नुहोस्:

सम्बन्धित समाचार