मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली विद्यार्थीको सुरक्षामा बेलायतको प्रस्ताव: शिक्षा क्षेत्रमा व्यापक साझेदारीको पहल

स
समाचार कक्ष
२०२६ अप्रिल २१
6
0
नेपाली विद्यार्थीको सुरक्षामा बेलायतको प्रस्ताव: शिक्षा क्षेत्रमा व्यापक साझेदारीको पहल
सारांश
काठमाडौं - नेपाल र बेलायतबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नयाँ साझेदारी प्रस्ताव अघि सारिएको छ। बेलायतका लागि नेपाली राजदूत रोब...

काठमाडौं - नेपाल र बेलायतबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नयाँ साझेदारी प्रस्ताव अघि सारिएको छ। बेलायतका लागि नेपाली राजदूत रोब फेन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलबीच मंगलबार भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो।

नेपालस्थित बेलायती दूतावासका अनुसार भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई अझ आधुनिक र प्रभावकारी बनाउने उपायहरूबारे विचार आदानप्रदान गरिएको थियो। विशेषगरी शिक्षा क्षेत्रमा सहकार्यलाई नयाँ ढंगले अघि बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।

बेलायतले नेपालको सार्वजनिक शिक्षा प्रणालीको नतिजा सुधार गर्न, निजी क्षेत्रका शैक्षिक संस्थाहरूको गुणस्तर र पहुँच विस्तार गर्न तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार ल्याउन ‘पूर्ण दायराको शैक्षिक साझेदारी’ प्रस्ताव गरेको जनाएको छ।

यस पहलले नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय अध्ययन अनुभवलाई अझ सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार