मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाल नजिक चीनमा ठूलो ताल, बाँध फुट्ने जोखिम

स
समाचार कक्ष
२०२६ अगस्ट २७
6
0
नेपाल नजिक चीनमा ठूलो ताल, बाँध फुट्ने जोखिम
सारांश
नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक ठूलो ताल बनेको छ। बिहीबारसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा ...

नेपालसँग सीमा जोडिएको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक ठूलो ताल बनेको छ। बिहीबारसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दै जाँदा तालको बाँध फुट्ने जोखिम रहेको बताइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनले तालको अवस्था निरन्तर निगरानी गर्नुका साथै बाँध फुटेमा आउन सक्ने बाढीको प्रभावबारे अध्ययन गरिरहेको जनाएको छ।

यी नदीहरू नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले सम्भावित घटनाप्रति नेपालमा पनि चासो बढेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार