मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

स
समाचार कक्ष
२०२६ जनवरी ९
3
0
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित
सारांश
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शु...

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे आयोजना हुने तय भएको पत्रकार सम्मेलन अन्तिम समयमा रोकिएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् । स्थगनको औपचारिक कारण खुलाइएको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । तर पार्टी केन्द्रीय कार्यालयले उक्त विशेष महाधिवेशन विधानविपरीत भएको निष्कर्ष निकाल्दै कार्यसम्पादन समितिबाट निर्णय गरी महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन निर्देशन दिएको छ ।

यही आन्तरिक विवाद र विशेष महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्न आयोजना गर्न लागिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको बताइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार