नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ। बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँ थियो।
आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो।





