मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

स
समाचार कक्ष
२०२६ अगस्ट २५
6
0
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
सारांश
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले घ...

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।

यसअनुसार चाँदीको मूल्य एक दिनमा प्रतितोला ६५ रुपैयाँले घटेको हो । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार