मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली सेनाले अब ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध खरिद गर्ने

admin
admin
3 दिन अगाडि
11
60
नेपाली सेनाले अब ३२ जिल्लाका ब्यारेकमा डीडीसीको दूध खरिद गर्ने
सारांश

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअ...

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाट नियमित रूपमा प्रशोधित दूध तथा विभिन्न दुग्धजन्य पदार्थ खरिद गर्नेछ।

सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ। त्यस्तै दैनिक ३६५ किलो दही, ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि डीडीसीको दुग्ध तथा दुग्धजन्य उत्पादनको नियमित बजार विस्तार हुनुका साथै नेपाली सेनाका ब्यारेकमा आवश्यक दुग्ध पदार्थको आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार