मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मोरङमा गोली चलाएर प्रहरीद्वारा २१ वर्षीय युवकसहित आधा किलो ब्राउन सुगर बरामद

स
समाचार कक्ष
२०२६ अप्रिल २१
6
0
मोरङमा गोली चलाएर प्रहरीद्वारा २१ वर्षीय युवकसहित आधा किलो ब्राउन सुगर बरामद
सारांश
विराटनगर - मोरङ प्रहरीले लागुऔषध नियन्त्रण अभियानका क्रममा गोली चलाएर एक जना युवकलाई करिब आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ। रतुवामाई नगरपालिका–...

विराटनगर - मोरङ प्रहरीले लागुऔषध नियन्त्रण अभियानका क्रममा गोली चलाएर एक जना युवकलाई करिब आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ।

रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति भारतबाट नेपालतर्फ लागुऔषध ल्याइरहेको आशंकामा प्रहरीले चेकजाँच गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो। सो क्रममा स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँ पक्राउ परेका छन्।

प्रहरीका अनुसार बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा आएका मियाँलाई रोक्ने प्रयास गर्दा उनी भाग्न खोजेपछि नियन्त्रणका लागि दुई राउण्ड हवाइ फायर गरिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।

हवाइ फायरपछि नियन्त्रणमा लिइएका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधको तौल करिब ५१३ ग्राम रहेको छ, जसमा प्लास्टिक बाहेक करिब ४४७ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर रहेको पुष्टि भएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मियाँ लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान जारी रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार