मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मनिष झा: प्रश्नको अस्तित्व नभए जनता सदनमा नै आउँछ

स
समाचार कक्ष
२०२६ अप्रिल ६
6
0
मनिष झा: प्रश्नको अस्तित्व नभए जनता सदनमा नै आउँछ
सारांश
काठमाडौं - रास्वपा सांसद मनिष झा ले प्रतिनिधि सभामा जनताको प्रश्नको अस्तित्व नभए जनता स्वतः सदनमा प्रवेश गर्छ भन्दै चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाक...

काठमाडौं - रास्वपा सांसद मनिष झाले प्रतिनिधि सभामा जनताको प्रश्नको अस्तित्व नभए जनता स्वतः सदनमा प्रवेश गर्छ भन्दै चेतावनी दिनुभएको छ।

प्रतिनिधि सभाको बैठकमा भदौ २३-२४ गतेको जेनजी आन्दोलनको प्रसङ्ग उद्धृत गर्दै झाले भने,

“सदनले याद गर्नुपर्ने कुरा के हो भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ २४ गते देख्यौँ। बालुवाटार, राष्ट्रपति कार्यालय वा अरू ठाउँ भन्दा पहिले जनताको उपस्थिति यहीँ देखियो।”

सांसद झाले सदनमा जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने जोड दिँदै भने,

“सदन चौतारी र चिया पसल होइन। जहाँ मन लागे आउँछु, मन लागे बोल्छु भन्ने होइन। सदन गुरुकुल र विश्वविद्यालय जस्तो हुनुपर्छ। यहाँ म होमवर्क गरेर आउँछु, एउटा प्रश्न वा प्रस्ताव लिएर आउँछु र तयार भएर प्रस्तुत गर्छु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।”

उनको भनाइले संसदलाई जिम्मेवार, संरचित र जनतामुखी बनाउने आवश्यकतामाथि जोड दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार