मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मनाङको चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
4
0
मनाङको चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु
सारांश
मनाङको सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले पहिरोका कारण बनेको तालक...

मनाङको सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले पहिरोका कारण बनेको तालको पानी निकास गराउने प्रयास गरिरहेको छ। नदीको छेउमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम पनि भइरहेको छ।

पहिरोसँगै आएको ढुंगा, गिट्टी र बालुवाले नदी थुनिएपछि मर्स्याङ्दीको धार परिवर्तन भएको थियो। अहिले नदीको पानी आंशिक रूपमा बगिरहेको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नदीलाई पुरानै अवस्थामा फर्काउन निरन्तर काम भइरहेको छ। नदी थुनिएपछि चामेका केही घरमा समेत क्षति पुगेको छ।

बाढी र पहिरोका कारण चामे आसपास विद्युत् आपूर्ति बन्द भएको छ भने सडक बगाएपछि यातायातसमेत अवरुद्ध भएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार