मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
मनोरञ्जन

‘मन बिनाको धन’ २१ कात्तिकमा रिलिज हुने

स
समाचार कक्ष
२०२५ जुलाई ११
6
0
‘मन बिनाको धन’ २१ कात्तिकमा रिलिज हुने
सारांश
टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ आगामी २१ कात्तिक मा प्रदर्शन हुने भएको छ। निर्माता विष्णुमाया मैनाली र वितरकबीचको सम्झौतापछि फिल्मको वितरण...

टंक बुढाथोकी निर्देशित फिल्म ‘मन बिनाको धन’ आगामी २१ कात्तिकमा प्रदर्शन हुने भएको छ। निर्माता विष्णुमाया मैनाली र वितरकबीचको सम्झौतापछि फिल्मको वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

फिल्ममार्फत बालगायक अशोक दर्जीले अभिनय डेब्यु गरेका छन्। उनले चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट चर्चा कमाएका थिए।

फिल्ममा सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ लगायतको अभिनय छ। सामाजिक विषयमा आधारित फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन्, कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छन्।

फिल्मले मानवता र पारिवारिक मूल्यको सन्देश दिन खोजेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार