राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’, ‘इन्फ्लुएन्सियल ’ र ‘युट्युबर’ भनेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले व्यंग्यात्मक जवाफ दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पुनले झाँक्रीले आफूलाई नयाँ उपाधिले सम्मान गरेको भन्दै व्यंग्य गरेका हुन्।
पुनले ३५ वर्षसम्म निःशुल्क सेवा गरेर पाएको ‘कवाडी वैज्ञानिक’ पदकभन्दा झाँक्रीले दिएको उपाधि ठूलो भएको टिप्पणी गरेका छन्।
अर्को स्टाटसमा उनले झाँक्रीको भाषणमाथि पनि व्यंग्य गर्दै आफूले अहिलेसम्म यस्तो विद्वान व्यक्ति नदेखेको बताएका छन्।
राष्ट्रियसभा बैठकमै झाँक्रीले आफूलाई ‘कन्टेन्ट क्रियटर’ भनेको उल्लेख गर्दै पुनले आफूले आविष्कार केन्द्र खोल्ने र वीरगन्जमा कृषि औजार सञ्चालन गर्ने विषयमा भने प्रश्न नगरिएको बताएका छन्।
जेनजी आन्दोलनका बेला आफूले पाँचथर र ताप्लेजुङका डाँडामा किताब बेच्दै ‘ठूलो आन्दोलन’ गरेको भन्दै पुनले व्यंग्यात्मक शैलीमा आफ्नो सरकार किताब बेचेरै ढालेको टिप्पणीसमेत गरेका छन्।





