मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

महाकालीको तुइन हटाउन उठेको चन्दा अब घट्टेखोलामा झोलुङ्गे पुल निर्माणमा

स
समाचार कक्ष
२०२६ अप्रिल ८
6
0
महाकालीको तुइन हटाउन उठेको चन्दा अब घट्टेखोलामा झोलुङ्गे पुल निर्माणमा
सारांश
काठमाडौं । दार्चुलामा तुइन विस्थापन अभियान लिएर पुगेका हर्क साम्पाङले व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा झोलुङ्गे पुल निर्माणको शिलान्यास गरे...

काठमाडौं । दार्चुलामा तुइन विस्थापन अभियान लिएर पुगेका हर्क साम्पाङले व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा झोलुङ्गे पुल निर्माणको शिलान्यास गरेका छन्।

स्थानीयको स्वागतबीच उनले श्रमदानमार्फत पुरानो काठे पुललाई आधुनिक झोलुङ्गे पुलमा रूपान्तरण गर्ने कार्य औपचारिक रूपमा सुरु गरेका हुन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले तीन वर्षअघि तुइन प्रयोग गरिरहेको एक बालिकाको भिडियो देखेपछि आफू गहिरो रूपमा प्रभावित भएको स्मरण गरे। त्यसै घटनाले उनलाई दार्चुलामा सुरक्षित पुल निर्माण गर्ने संकल्प दिलाएको उनले बताए।

उनका अनुसार उक्त तुइन रहेको स्थान महाकाली नदी क्षेत्रमा पर्ने भएकाले पुल निर्माणका लागि भारतको अनुमति आवश्यक देखिएको छ। उनले आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

“कसैले पनि महाकालीमा ज्यान जोखिममा पारेर आवतजावत गर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “हामी यहाँ राजनीति गर्न होइन, मानवीय सेवाका लागि आएका हौँ। यो काम पूर्ण रूपमा श्रमदानबाट हुनेछ र सरकारको बजेट प्रयोग हुने छैन।”

महाकाली क्षेत्रमा तुइन विस्थापनका लागि उठाइएको चन्दा रकम अब घट्टेखोलामा झोलुङ्गे पुल निर्माणमा प्रयोग गरिने साम्पाङले जानकारी दिए। साथै, उनले स्थानीय बासिन्दालाई निर्माण कार्यमा सहयोग गर्न आह्वान गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार