मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
6
0
ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो
सारांश
अविरल वर्षापछि आएको पहिरोले ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर ढलेको छ। घर ढलेर खोल्सोमा पुगेपछि खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ। ज...

अविरल वर्षापछि आएको पहिरोले ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर ढलेको छ। घर ढलेर खोल्सोमा पुगेपछि खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोवितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले तानेर खोल्सोमा पुर्‍याएको हो।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा रहेको घर पहिरोले तानेको हो।

घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो। घर जोखिममा पर्न थालेपछि उनीहरू आइतबार नै आफन्तको घरमा सरेकाले मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार