मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

लियोनेल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ

admin
admin
3 दिन अगाडि
9
0
लियोनेल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ
सारांश

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरबाट औपचारिक बिदाइ लिएका छन्।

ब्यूनस आयर्सस्थित मोन...

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरबाट औपचारिक बिदाइ लिएका छन्।

ब्यूनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा आयोजित विशेष खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दा ३९ वर्षीय मेस्सीले करिब ८५ हजार समर्थकमाझ भावुक हुँदै राष्ट्रिय टोलीको यात्राको अन्त्य गरेका हुन्।

‘द लास्ट ट्याङ्गो’ नाम दिइएको खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र एक असिस्ट गरे। उनले ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १२६ पुर्‍याए। यसअघि उनले निकोलस ओटामेन्डीको गोलका लागि असिस्ट गरेका थिए। अर्जेन्टिनाका लागि अर्को गोल निको पाजले गरे।

मेस्सीको सम्मानमा खेलको १०औँ मिनेटमा खेल रोकेर दर्शकहरूले उभिएर ताली बजाएका थिए। खेलपछि ड्रोन शोमार्फत उनको आकृति र धन्यवाद सन्देशसमेत प्रस्तुत गरिएको थियो।

अर्जेन्टिनाका लागि मेस्सीले २०२२ को विश्वकप जिताउँदै ३६ वर्षपछि देशलाई विश्वकप उपाधि दिलाएका थिए। उनको कप्तानीमा अर्जेन्टिनाले २०२१ र २०२४ मा कोपा अमेरिका पनि जितेको थियो।

अन्तर्राष्ट्रिय करिअरमा मेस्सीले कीर्तिमानी २०८ खेल खेल्दै १२६ गोल गरेका छन्। आठपटकका बालोन डी’ओर विजेता मेस्सीको बिदाइलाई अर्जेन्टिना फुटबल इतिहासको महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ।

साझा गर्नुहोस्: