मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

खगराज भट्टले पाए विश्वासको मत, पक्षमा ४१ सांसद

स
समाचार कक्ष
२०२६ अगस्ट १९
6
0
खगराज भट्टले पाए विश्वासको मत, पक्षमा ४१ सांसद
सारांश
३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री...

३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।


बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूमध्ये ४१ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए भने १५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानपछि सभामुख भीमबहादुर भण्डारीले भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् ।


मुख्यमन्त्री भट्टलाई नेकपाका २० जना तथा उपसभामुखसहित एमालेका ११ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।


यसअघि एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।


विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई प्रदेशसभामा थप राजनीतिक आधार प्राप्त भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार