मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कुवेतमा बन्धक बनाएको आरोपमा सुर्खेतका ससिराम खड्का कारागार चलान

स
समाचार कक्ष
२०२६ मार्च २०
7
0
कुवेतमा बन्धक बनाएको आरोपमा सुर्खेतका ससिराम खड्का कारागार चलान
सारांश
काठमाडौं-ब्युटिपार्लरको कामको प्रलोभनमा कुवेत लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका सुर्खेतको गर्भाकोट गाउँपालिका-५ का ४८ वर्षीय ससिराम खड्का कारागार ...

काठमाडौं-ब्युटिपार्लरको कामको प्रलोभनमा कुवेत लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका सुर्खेतको गर्भाकोट गाउँपालिका-५ का ४८ वर्षीय ससिराम खड्का कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। अनुसन्धान अनुसार, खड्काले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै प्रलोभनमा पारेर पठाएका थिए। पीडितलाई मासिक १२ सय केडीको तलब र “फ्री भिसा-टिकट”को आश्वासन दिइएको थियो।

तर कुवेत पुग्दा उनी बन्धक बनाइएर घरेलु काममा लगाइने, यातना दिने र एकदिन दुई तले घरबाट समेत धकेलिने अवस्था सिर्जना भएको पीडित महिलाले बताएकी छन्। स्थानीय प्रहरी र मानव अधिकार संस्था ‘युवा शक्ति’को पहलमा गत ८ माघमा पीडित महिला नेपाल फर्किन सफल भएकी थिइन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार