मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौँ महानगरको बजेट सिमा २५ अर्ब ११ करोड

स
समाचार कक्ष
२०२५ जुलाई ११
3
0
काठमाडौँ महानगरको बजेट सिमा २५ अर्ब ११ करोड
सारांश
२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्ब रुपैयाँ बराबर बजेट सीमा २५ निर्धारण गरेको छ । राजस्व परामर्श स...

२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्ब रुपैयाँ बराबर बजेट सीमा २५ निर्धारण गरेको छ ।


राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको हो । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आज बसेको थियो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको छ ।


बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न बैठकमा प्रमुख साहले निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत राजस्व परामर्श समितिले गरेको छ ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार